१८ जना सहकारी प्रशिक्षक तयार गर्दै सिएमसी कास्की
पोखरा : को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कास्कीको आयोजना र नेफस्कुनको प्राविधिक सहयोगमा ७ दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम पोखरामा सुरु भएको छ । पोखराको माई होटलमा भएको तालिम शनिबार (फागुन ७) बाट १३ गतेसम्म सञ्चालन हुनेछ ।
तालिम कार्यक्रमको उदघाटन नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले गर्नु भएको थियो । उदघाटन मन्तब्यको क्रममा पोख्रेलले यस्ता प्रकारका कार्यक्रमले सहकारी अभियानलाई थप मद्दत पुर्याउने र अभियान थप सशक्त हुने बिस्वास व्यक्त गर्नु भयो ।

सिएमी कास्कीको स्थापना काल देखिनै नेफ्स्कुन संगसंर्ग रहेको र आगामी दिनमा पनि संगसंगै रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । तालिम कार्यक्रमको प्रकाश पार्दै क्लबका सस्थापक अध्यक्ष मीलन ढकालले कास्किमा तालिम प्रदान गर्नको लागि प्रशिक्षक जिल्ला भित्र यथेष्ट मात्रामा नभएको र कास्की बाहिरबाट प्रशिक्षक ल्याउँदा लागत पनि बढी हुने हुँदा समस्या भएकोले तालिम आयोजना गरिएको बताउनुभयो । यस तालिम कार्यक्रम सहकारी अभियानमा एउटा कोषेढुङा सावित हुने कुरा प्रष्ट गर्नु भयो ।
७ दिनको तालिम कार्यक्रमलाई सहजिकरण गर्नको लागि नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, प्राचार्य सन्जयराज तिमिल्सेना, बरिष्ठ तालिम अधिकृत द्वय बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेको उपस्थिती रहेको छ ।
कार्यक्रम क्ल्बका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा भएको थियो । अध्यक्ष कोइरालाले ‘ब्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ भन्ने मुल नाराका साथ स्थापित क्लबले सहकारीमा आवश्यक तालिमहरु सन्चालन गरी सहकारी अभियान थप ससक्त बनाउन सहयोग गरेको बताउनुभयो ।

तालिममा कास्की जिल्लामा अवस्थित १८ जना सहकारीका व्यवस्थापकहरुको सहभागी भै प्रशिक्षत हुनेछन् । तालिम कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि प्रसाद पन्थी र सन्चालन सचिव मोहन प्रसाद अधिकारिले गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
