१८ भदौ २०८३, बिहिबार

१ करोड ९० लाख रुपैयाँ हिनामिना गर्ने नमुना सहकारीका दुई कर्मचारी पक्राउ

२०७८ फागुन ५, बिहिबार
१ करोड ९० लाख रुपैयाँ हिनामिना गर्ने नमुना सहकारीका दुई कर्मचारी पक्राउ

विराटनगर : मोरङ धनपालथान-४, कर्सीया स्थित नमूना सहकारीको १ करोड ९० लाख रुपैयाँ हिनामिना गर्ने दुई कर्मचारी पक्राउ परेका छन् ।

सहकारी संस्थाका लेखापाल धनपालथान-४, का ६० वर्षीय सविलाल राजवंशी र सह लेखापाल धनपालथान-६, का ५५ वर्षीय राजकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।

सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो। दुबै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत रङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

सविलाल राजवंशीले एक करोड ११ लाख ६२ हजार र सह लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ हिनामिना गरेको खुलेको छ।

सहकारीले सनपाटको खरिदबिक्री र बालुवा तथा गिट्टी ढुवानीको काम पनि गर्ने गरेको थियो। मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवं बिक्रीका क्रममा हिनामिना गरेको पाइएको बताईएको छ।

अभिलेख

लोकप्रिय