सन्दर्भ ब्याजदर सुझाव उप-समितिको बैठक आज बस्दै
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक आज १ बजे बस्दैछ । सहकारी विभागमा बस्ने उप-समितिको बैठकमा सहकारी अभियानको तर्फबाट प्रस्तुत गरिने विषय उपर छलफल जारी छ ।
उप-समितिमा अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएको छ ।
सहकारी विभागका उप-रजिस्ट्रार संयोजक रहेको उप-समितिमा राष्ट्रिय सहकारी विकास बोर्ड र नेपाल नेपाल राष्ट्र बैंकको प्रतिनिधिहरु रहेका छन् ।
सहकारी संस्थामा पनि बैंक तथा वित्तीय संस्थामा जस्तै आधारदर (बेस रेट) को प्रावधान लागू गर्नु पर्ने अभियानको लबिङ हुने उप-समितिका सदस्य तथा सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिनुभयो ।
सहकारीको ब्याजदर १७ प्रतिशत नबढ्ने गरी आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याज लिन पाउने व्यवस्था गर्नु पर्ने उहाँको भनाई भनाई छ । महासंघले सहकारी संस्थाका प्रमुखहरुसँग निरन्तर छलफल गरिरहेको र उहाँहरुको सुझावलाई एकीकृत गरी बैठकमा प्रस्तुत हुने उहाँले बताउनुभयो ।
लगानीमा ब्याजदरको सीमा तोक्दा समस्या उत्पन्न भएको बताउँदै महासंघले बजारको आधारमा स्वतः तलमाथि हुने गरी आधारदर लागू गर्न माग गरेको छ ।
यस उप-समितिले दिएको सुझावलाई सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) निर्धारण तथा सिफारिस समितिको बैठक बसी छलफल गर्नेछ । तर, समितिको बैठक भने कहिले बस्ने टुंगो छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार