ब्याजदर विभाग एक्लैले तोक्ने विषय हैन, सम्पूर्ण निकायसँग छलफल गर्छौं : रजिष्ट्रार पण्डित
२०७८ फागुन २, सोमबार
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले आज (सोमबार) पदबहाली गर्नुभएको छ । सहकारी विभागमा एक कार्यक्रमको बीच उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
सहकारीखबरसँगको छोटो कुराकानीमा रजिष्ट्रार पण्डितले बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै सहकारीलाई समस्या परेको, सन्दर्भ ब्याजदरका कारण निक्षेपमा ब्याजदर बढाउन नसकिएको र सहकारीको पैसा बैंक तथा वित्तीय संस्थामा जान थालेको गुनासो आएको बताउनुभएको छ । सहकारीको ब्याजदर सहकारी विभाग एक्लैले तोक्ने विषय नभएको हुँदा सम्पूर्ण निकायसँग छलफल गरेर निर्णय गरिने बताउनुभयो ।
ब्याजदरका विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, सहकारी मन्त्रालय र सहकारी अभियानसँग अनौपचारिक रुपमा छलफल भएको समेत उहाँले बताउनुभयो ।
सम्बन्धीत निकायसँगको छलफल गरेर मात्र यस विषय टुंगो लाग्ने उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार