१८ भदौ २०८३, बिहिबार

ब्याजदर बढाउन राष्ट्रिय सहकारी महासंघको दबाब, भोली सहकारीकर्मीसँग छलफल

२०७८ फागुन २, सोमबार
ब्याजदर बढाउन राष्ट्रिय सहकारी महासंघको दबाब, भोली सहकारीकर्मीसँग छलफल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदरको विषयमा सहकारीकर्मीसँग छलफल गर्ने भएको छ ।

भोली (मंगलबार) महासंघले सबै केन्द्रिय सहकारी संघ, जिल्ला संघ र विषयगत जिल्ला संघसँग छलफल गर्ने भएको हो । १२ बजेका लागि बोलाईएको छलफल सन्र्दभ ब्याजदर मै केन्द्रित रहने छ ।

महासंघ स्रोतका अनुसार उक्त छलफलपछि सहकारी विभागका रजिष्ट्रारलाई भेट्ने कार्यक्रम रहेको छ । अभियानको तर्फबाट आधिकारिक धारण बनाएर रजिष्ट्रारलाई भेट गर्न लागिएको बुझिएको छ ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको संयोजक सहकारी विभागका रजिष्ट्रार हुने व्यवस्था छ ।

महासंघले आज (सोमबार) अर्थमन्त्री, सहकारी मन्त्रीलाई समेत भेटेर सहकारीको ब्याजदर बढाउन दबाब दिएको थियो ।

अभिलेख

लोकप्रिय