१८ भदौ २०८३, बिहिबार

राष्ट्रिय सहकारी महासंघको नायव महाप्रबन्धकमा सुरेश थापा

२०७८ फागुन २, सोमबार
राष्ट्रिय सहकारी महासंघको नायव महाप्रबन्धकमा सुरेश थापा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका नवनियुक्त नायव महाप्रबन्धक सुरेश थापा नियुक्त हुनुभएको छ ।

थापाले फागुन १ गते (आईतबार)बाट पदभार समेत ग्रहण गरेका छन् । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले थापालाई नियुक्ती पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

सुरेश थापा यस अघि कार्यक्रम अफिसर हुनुहुन्थ्यो । रिक्त रहेको नायव महाप्रबन्धक पदमा सुरेश थापा र रामसुदन तिमिल्सिना लिखित परिक्षमा सफल हुनुभएको थियो ।

नवनियुक्त नायव महाप्रबन्धक थापाले सहकारी अभियानलाई अझ मजबुद बनाउनका लागि आफ्नो क्षेत्रबाट योगदान दिने बताउनुभयो ।

अभिलेख

लोकप्रिय