सहकारीका सञ्चालक कर्मचारी हुन नपाउने, कर्मचारीले बैठकमा भाग लिन नपाउने
काठमाडौं : वार्षिक २ करोड भन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्ती सहकारी संस्थाको कर्मचारी हुन नपाउने भएको छ ।
सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्तीको एकाघर संगोलका व्यक्तीहरु पनि संस्थाको कार्यकारी प्रमुख वा अन्य कर्मचारीको रुपमा काम गर्न रोक लगाएको छ ।
सहकारी विभागले आइतबार एकीकृत निर्देशन जारी गर्दै रोक लगाएको हो । विभागले सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा (४) मा रहेको व्यवस्था अनुसार नै एकीकृत निर्देशनमा पनि राखेको हो । त्यस्तै सहकारीको कर्मचारीको हैसियतले सञ्चालक समिति, उप समितिको बैठकमा समेत भाग लिन रोक लगाएको छ ।
निर्देशन अनुसार सहकारी बैंकको हकमा नेपाल राष्ट्र बैंककोा निर्देशन बमोजिम हुने उल्लेख छ । तर, मताधिकार प्रयोग नगर्ने गरी कुनै समितिको सदस्य सचिवको रुपमा कार्य गर्न निर्देशनले बाधा नपुर्याउले उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार