२४ कात्तिक २०८३, मङ्गलबार

बैंकको मुद्दती निक्षेपको ब्याजदर ११.३% पुग्यो, सहकारीलाई झनै समस्या

२०७८ माघ २८, शुक्रबार
बैंकको मुद्दती निक्षेपको ब्याजदर ११.३% पुग्यो, सहकारीलाई झनै समस्या

काठमाडौं : बैंकहरुले मुद्दती निक्षेपको व्याजदर बढाउने सहमती गरेका छन् । नेपाल बैकर्स संघको निर्णय अनुसार मुद्दती निक्षेपको ब्याज दर १०.०५ प्रतिशतबाट बढेर ११.०३ प्रतिशत पुगेको छ।

बैंकहरुले फागुन १ गतेबाट लागू हुने ब्याज दर बढाएर प्रकाशित गर्ने छन् । निर्णय अनुसार संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन्। रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत व्याज पाउने छन्।

बैंकहरुले ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सहकारी क्षेत्रमा पर्ने देखिएको छ । यस अघिनै बैंकहरुले निक्षेपमा व्याजदर बढाउँदा सहकारीमा तरलता अभाव हुन पुगेको थियो । पुनः बैंकहरुले ब्याजदर बढाउँदा सहकारीको पैसा बैंकहरुले तान्ने निश्चित भएको छ ।

सन्दर्भ ब्याजदरका कारण सहकारीहरुले निक्षेपमा बढी ब्याज दिन सकेको छैन । कर्जाको अधिकतम सिमा १४.७५ प्रतिशतका कारण सदस्यलाई निक्षेपमा बढी ब्याज दिन सकेको छैन । जस कारण सदस्यहरुको पैसा बैंकहरुमा गएको एक सहकारीकर्मीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय