चावाहिल र जोरपाटी सेवा केन्द्रमा पनि मेगा ड्रिमको भेगिय उपसमिति
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले भेगिय उपसमिति गठनलाई तिब्रता दिएको छ। संस्थाले थप दुई चावाहिल र जोरपाटी सेवा केन्द्रमा भेगिय उपसमिति गठन गरेको हो ।
चावाहिल सेवा केन्द्रको भेगिय उपसिमितिको संयोजकमा राजकुमार श्रेष्ठ र सदस्यहरुमा राजेश खड्गी, विजेन्द्र कुमार राजभण्डारी, सरोज श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ रहेका छन् । त्यसैगरी जोरपाटी सेवाकेन्दको भेगिय उपसमिति संयोजकमा रमेशकुमार विश्वकर्मा र सदस्यहरुमा विजयराज राजभण्डारी, विश्वमणि रेग्मी र राजकुमार दंगाल रहेका छन् ।
सेवा केन्द्रहरुलाई थप व्यवस्थित गरी कारोबारलाई वृद्धि गर्दै लैजान उपसमिहिरुले सघाउने पुग्ने विश्वास संस्थाले लिएको छ । सदस्य विस्तार एवं संस्थाको हरेक गतिविधिलाई चुस्तदुरुस्त र पारदर्शी बनाइ अगाडि बढाउन भेगिय उपसमितिले भूमिका खेल्ने आशा संस्थाले गरेको छ ।
समिति गठन कार्यक्रममा संस्थाका अध्यक्ष महाशंकर रेग्मी, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलाल तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाले यस अघि कालिमाटी र थानकोट सेवा केन्द्रमा पनि उप समिति गठन गरिसकेको छ ।
संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवाकेन्द्रमार्फत १२ हजार भन्दा बढि सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार