मेगा ड्रिम सहकारीद्वारा कालिमाटी र थानकोटमा भेगिय उप-सिमिति गठन
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र भेगिय उपसमिति गठन गरेको छ ।
संस्थाले चन्द्रागिरि र कालिमाटी सेवा केन्द्रमा भेगीय उपसमिति गठन गरेको हो । चन्द्रागिरि सेवा केन्द्रको भेगिय समिति संयोजकमा नन्ददास अमात्य र सदस्यहरुमा सन्देश अमात्य, आनन्द महर्जन र प्रसन्नमान गोपाली रहेका छन् ।
त्यस्तै कालिमाटी सेवा केन्द्रको भेगिय उपसमिति संयोजक रमेश प्रसाद तिमल्सिना र सदस्यहरुमा उमेश कुमार महेश्वरी र सुजित कुमार श्रेष्ठ रहेका छन् ।
संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति तथा कार्यक्रम संयोजक शेखर बस्नेतले २ वटा सेवाकेन्द्रमा उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

सेवा केन्द्रहरुको कारोबारलाई थप प्रभावकारी बनाउँदै लैजाने, सदस्य विस्तार एवं समुदायस्तरमा संस्थालाई स्थापित गराउन समितिहरुले भूमिका खेल्ने उहाँको बताउनुभयो । त्यसका साथै कारोबारलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनुका साथै सबैको सल्लाहसुझावलाई समेटेर अगाडि बढाउन समितिले काम गर्ने उहाँको भनाई छ ।
समिति गठन कार्यक्रममा संस्थाका अध्यक्ष महाशंकर रेग्मी, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलाल तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवाकेन्द्रमार्फत १२ हजार भन्दा बढि सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार