२४ कात्तिक २०८३, मङ्गलबार

साईनिङ् स्टार सहकारीका लेखा समितिका संयोजक ५ वर्षपछि पक्राउ

२०७८ माघ २२, शनिवार
साईनिङ् स्टार सहकारीका लेखा समितिका संयोजक ५ वर्षपछि पक्राउ

काठमाडौं : काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५, का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।

उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो ।

अभिलेख

लोकप्रिय