२४ कात्तिक २०८३, मङ्गलबार

‘राष्ट्रिय सहकारी बैंक’ गैर बैंक वित्तीय संस्था विभागमा

२०७८ माघ २२, शनिवार
‘राष्ट्रिय सहकारी बैंक’ गैर बैंक वित्तीय संस्था विभागमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका संस्थाहरुको नियमन गर्नको लागि गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको छ । उक्त विभागमार्फत राष्ट्रिय सहकारी बैंकको पनि सुपरिवेक्षण हुने जनाएको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमनलगायतको सुपरिवेक्षकीय कार्यहरु गर्न उक्त विभागको स्थापना गरेको हो ।

केन्द्रीय बैंकले फागुन १ गतेदेखि कार्यान्वयन गर्ने गरी उक्त विभागको स्थापना गरेको हो।

अभिलेख

लोकप्रिय