२४ कात्तिक २०८३, मङ्गलबार

६ महिनामा ललितपुर जिल्ला बचत संघको नाफा ३ करोड २६ लाख

२०७८ माघ २०, बिहिबार
६ महिनामा ललितपुर जिल्ला बचत संघको नाफा ३ करोड २६ लाख

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । संघले हरेक त्रैमासको अन्त्यमा अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गर्दै जाने घोषणा गरे अनुरुप दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सहकारीका संघ/संस्थाले पनि नियमित रुपमा वित्तीय विवरण प्रकाशित गर्दा पारदर्शिता आउनुका साथै संस्थागत सुशासन कायम हुने हुँदा सदस्यहरुको विश्वास बढ्दै जाने संघको बुझाई छ ।

संघले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०७८ पौष मसान्तसम्म संघको सेयर पुँजी ७ करोड ८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी संघले सो अवधिमा १ अर्ब ४७ करोड ६ लाख ६५ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ३३ करोड १९ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आश्विनसम्म संघले १ अर्ब ७१ करोड ७१ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ करोड ८१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आश्विन मसान्तसम्म १ करोड ५१ लाख ४५ हजार रुपैयाँ नाफा गरेकोमा संघको नाफा तीन महिनामा बढेर ३ करोड २६ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

अभिलेख

लोकप्रिय