गैंडाकोट स्वाभिमान र संगम अविरत साकोस बीच एकीकरण, बन्यो गण्डकी साकोस
गैंडाकोट : गैंडाकोट स्वाभिमान साकोस र संगम अविरत साकोस बीच एकीकरण भई गण्डकी साकोस नामाकरण भएको छ ।
गैंडाकोट स्वाभिमान साकोसका अध्यक्ष पोषणराज सुबेदीको अध्यक्षता, गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता, गैंडाकोट नगरपालिका शहकारी शाखा प्रमुख देबेन्द्र गौतम र एस्डीआरसिका अध्यक्ष जनकलाल तिवारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम सचिव कुलप्रसाद पाण्डेले संचालन गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष सुबेदीले एकिररण पश्चात सदस्यहरुलाई अझै गुणस्तरिय र बिस्तारित सेवा प्रदान गर्न प्रतिबद्धता ब्यक्त गर्दै एकिकरण प्रकृयामा सक्रिय भुमिका निर्वाह गर्ने दुवै संस्थाका संचालक, एकिकरण कार्यदल, पुर्व अध्यक्षहरु, प्रमुख ब्यबस्थापक लगायत व्यवस्थापन समुह, सबै उप समिति र सम्पुर्ण सदस्यहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
१ अर्ब ३६ करोड सम्पती भएको गैंडाकोट स्वाभिमान साकोस र ३८ करोड सम्पती भएको संगम अबिरत साकोस को एकिकरण पश्चात दर्ता नं, स्थाई लेखा नं, बिनियम, मुख्य कार्यालय, निति कार्यबिधि लगायतका ब्यबस्था साबिक गैंडाकोट स्वाभिमान साकोसको कायम गरिने भएको छ । आज सम्पन्न भएको संयुक्त साधारण सभा एवं एकिकरण घोषणा सभाबाट पोषणराज सुबेदीको अध्यक्षतामा १७ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको गठन समेत भएको छ ।
एकिकरण पश्चात संस्थाको कुल सम्पती १ अर्ब ७४ करोड पुगेको छ ।
कुल सदस्य संख्या : १६००० जना
कुल सेयर पुँजी : १८ करोड १२ लाख
कुल बचत रकम : १ अर्व ३३ करोड
लगानीमा रहेको ऋणः १ अर्ब ४१ करोड
संस्थागत पुँजी : १० करोड ९२ लाख
नगद तथा बैंक मौज्दात : २५ करोड ५६ लाख
कर्मचारी संख्या : ३८ जना
सेवा केन्द्रहरु : ७ वटा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार