शिव शिखर सहकारीको एटिएम बुथ कीर्तिपुरमा पनि
काठमाडौं : भक्तपुरमा प्रधान कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको गार्डेनमार्ट कीर्तिपुर शाखामा एटिएम बुथ स्थापना गरेको छ । मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजनले एटिएम सेवाको उद्घघाटन गर्नुभएको हो ।
कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले धमाधम एटिएम बुथ राखी सदस्यलाई थप सेवा प्रदान गर्न थालेको छ । संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ समेत राखेर सेवा दिने संस्थाका मुख्य व्यवस्थापक लिलानाथ गौतमको भनाई छ । अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने मुख्य प्रबन्धक गौतमले बताउनुभयो ।
साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार