शिवशिखर सहकारीको पाँचौ एटिएम सेवा वीरेन्द्रनगरमा
एटिएमको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सुरूवात गरेका हुन् । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले धमाधम एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यो सगैँ संस्थाको एटीएम संख्या पाँच पुगेको छ ।
सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सेवाकेन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
एटीएम सेवा शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताएका छन् ।
मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बाताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार