गाउँमै खपत हुन्छ दूध, सहकारी खुलेपछि सदस्य मख्ख
तेह्रथुम : दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन ।
तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए । यहाँका किसानले उत्पादन गरेको दूध करिब चार घण्टा लामो बाटो बोकेर चित्र बजार सम्म पुर्याएर बिक्री गर्नुपर्ने बाध्यता थियो ।
तर,अहिले अवस्था फेरिएको छ । गाउँगाउँमा दूध सहकारी संस्था खुलेका छन् । सहकारीले दूध संकलन गर्ने गरेका छन ।
गाउँगाउँमा सडक सञ्जालहरु जोडिएसँगै यहाँका किसानको अवस्था फेरिएको हो । सहकारीले दूध संकलन सुरु गरेपछि बिक्री गर्न समेत सहज बनेको छ ।
गाउँमै दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा गाईपालन गरी दूध बिक्री गर्दै आएका छन् ।
छथर गाउँपालिका-२ का झमक कटुवालले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । कटुवालले दूध बिक्रीबाटै वार्षिक ३ लाख ५० हजार बढी आम्दानी गर्छन् ।
झमकजस्तै यामबहादुर कटुवा पनि दैनिक २५ लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् ।
झमक र यामबहादुरजस्तै यहाँका किसानको मुख्य आम्दानीको स्राेत नै दूध उत्पादन बनेको छ । किसानले उत्पादन गरेको दूध गाउँमै खपत गर्ने उद्देश्यले सहकारी संस्थाले छुर्पी उद्योग सुरु गरेका छन् ।
छुर्पी उद्योग सुरु गरेसँगै किसानलाई थप टेवा पुगेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष तथा छथर छुर्पी समूहका ब्यावस्थापक डम्बर बहादुर भट्टराईले बताए ।
दूग्ध उत्पादक जिल्ला सहकारी संस्थाको तथ्यांक अनुसार जिल्लामा दैनिक १७ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लाको २८ वटा सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धिमान खुलालले बताए ।
गत दुई वर्षको तुलनामा जिल्लामा दूध उत्पादन दोब्बरले बढेको छ । संघले जिल्लाका दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग साझेदारी गरेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
१४ सय किसानले उत्पादन गर्दै आएको दूध गाउँगाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुँदै आएको छ । जिल्लाममा खपत भएर बचेको दूध मात्रै दुग्ध संस्थानमा बिक्री हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
