२४ कात्तिक २०८३, मङ्गलबार

नेपाल सहकारी पत्रकार समाज अभियानको महत्वपूर्ण साझेदार: नेफ्स्कून

२०७८ पुष २७, मङ्गलबार
नेपाल सहकारी पत्रकार समाज अभियानको महत्वपूर्ण साझेदार: नेफ्स्कून

काठमाडौं : नेफ्स्कूनले नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नवनिर्वाचित कार्यसमितिलाई  एक कार्यक्रमको बीच बधाई तथा शुभकामना दिएको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सिजेएन सहकारी अभियानको महत्वपूर्ण साझेदार भएको दाबी गर्दै सहयात्रा र सौहार्दपूर्ण सम्बन्ध थप घनिष्ठ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सहकारी अभियानको मार्गप्रशस्त गर्ने भूमिका सिजेएनको भएकोले थप दायित्वबोधका साथ पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौड्यालले अभियानका कमी कमजोरीहरुको खबरदारीसँगै सकारात्मक र सृजनात्मक कामहरुमा पनि पत्रकारहरुको ध्यान जानुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अभियान र सञ्चार निर्विकल्प नभएको भन्दै दुबैबीच सहकार्य र सहयात्रामा जोड दिनुभयो । सिजेएन र नेफ्स्कूनबीच सम्बन्धहरुका नयाँ आयामहरु विकास गर्न सकिने सम्भावना पनि उहाँले औल्याउनुभयो । सहकारी अभियानको गुणात्मक प्रगतिको गतिमा उब्जिएका केही मसिना र अल्पकालीन उल्झनहरु व्यवस्थापन गर्ने हो भने राजमार्ग ‘क्लियर’ हुने दाबी उहाँले गर्नुभयो ।

सिजेएनको नवनिर्वाचित कार्यसमितिसँग थप सहकार्य गर्दै सहकारी अभियानको विकास र प्रगतिका लागि अघि बढ्ने कुरामा नेफ्स्कून प्रतिबद्ध रहेको ढकालको भनाई थियो ।

कार्यक्रममा सिजेएनका अध्यक्ष काजी श्रेष्ठले नेफ्स्कूनसँग सहकार्यका लागि सधै तयार रहने भन्दै संघका कामहरुको आधारमा पत्रकारहरुले वस्तुनिष्ठ समाचारहरु संप्रेषण गर्नेमा आश्वस्त तुल्याउनुभयो । उहाँले गुण र दोषका आधारमा आलोचनात्मक समर्थन रहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्यहरु रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ, मन्दरा मिश्र, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत नेफ्स्कून उच्च व्यवस्थापन सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका प्रशासन तचा सामान्य सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमिल्सिेनाले गर्नुभएको थियो ।

कार्यक्रममा सिजेएनको तर्फबाट उपाध्यक्ष तुलसी सुवेदी, सचिव अर्जुन खतिवडा, कोषाध्यक्ष प्रयास श्रेष्ठ, सहसचिव भेषराज बेल्वासे र सदस्य सुधा देवकोटा सहभागीता रहेको थियो ।

अभिलेख

लोकप्रिय