देउखुरी साकोस हिनामिना प्रकरण: २ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
दाङ : जिल्ला अदालत दाङले साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवालीलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएको छ ।
हाल संस्था एकीकरण भई देउखुरी बचत तथा ॠण सहकारी संस्था भएको छ । अदालतले संस्थाको रकम हिनामिना प्रकरणमा दुवै जनालाई जनही ५०/५० रुपैयाँ लाख धरौटी मागको आदेश गरेको थियो । तोकिएको धरौटी बुझाउन नसकेपछि दुवै जना जिल्ला कारागार घोराही पठाइएको छ ।
त्यस्तै अदालतले संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेललाई २५ लाख रुपैयाँ धरौटी मागेकोमा उनी तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन् । गएको साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी अदालतले मागेको साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा हुनुभएको थियो ।
राप्ती गाउँपालिका ८ मा सोही सहकारीका शिवध्वज मल्लसहितका शेयर सदस्यहरूले पाँच करोड २७ लाख २६ हजार ६ सय ९२ रुपैयाँ हिनामिना गरेका भन्दै २५ जनालाई प्रतिवादी बनाएर अदालतमा गएको असारमा जाहेरी दिइएको थियो ।
रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
