चित्राकुमारी सुब्बाको सहकारीमा २५ वर्ष: भोगाई र अनुभूति पुस्तक विमोचन
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ वर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ ।
राष्ट्रिय सहकारी महासंघको २९ औं वार्षिक साधारण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण शशि श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको थियो । कुमाङ्ग सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ वर्षे यात्रा समेटिएको छ । पुस्तकका लेखक सुब्बाले सो पुस्तक बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । उहाँले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनु अघि उहाँले भोग्नु परेको चुनौतीलाई उहाँले रचनात्मक ढंगले प्रस्तुत गर्नुभएको बताउनुभएको छ ।
‘सहकारी अभियानको विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो । एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिस गरेको छु,’ सुब्बाले बताउनुभयो ।
‘म अभियानको एउटा प्रमुख साझेदार हुँ । सहकारी अभियानले मलाई बदल्यो, मैले आफै सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे । यो अभियानले देश बदल्न छ भन्ने मलाई विश्वास जागेको छ ।’ उहाँले पुस्तकको विषयमा बताउँदै भन्नुभयो ।
नेपालको सहकारी अभियानले कसरी चुलो चौकोमा सीमित महिलालाई परिवार, समाज हुँदै राजनीतिक मुल प्रवाहमा जोड्यो भन्ने प्रसंग पनि पुस्तकमा छ । ‘चुरापोतेका लागि पतिको मुख ताक्ने महिलाहरुलार्य कसरी घरको अर्थतन्त्रको मियाको रुपमा स्थापित ग¥यो । म यी कथाहरुको श्रृखला बोकेर आएकी छु ।’ उहाँले भन्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार