२४ कात्तिक २०८३, मङ्गलबार

सातै प्रदेशमा व्यवस्थित शहर बनाउँदै समृद्ध आवास सहकारी

२०७८ पुष २५, आईतवार
सातै प्रदेशमा व्यवस्थित शहर बनाउँदै समृद्ध आवास सहकारी

काठमाडौं : राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको प्रथम वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष प्रदिप थापाको सभापतित्व सम्पन्न साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती रहनुभएको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चाल समितिको तर्फबाट महासचिवको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट, लेखा समितिको प्रतिवेदन पास गरेको छ ।

साधारण सभाले विभिन्न परियोजना सञ्चालन गर्नको लागि कार्यविधि निमार्ण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

संघले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्व गरेर व्यवस्थित सहर बनाउने योजना अघि सारेको छ । सात वटै प्रदेशमा व्यवस्थित सहर बनाउने योजना साधारण सभाले अघि सारेको संघका महासचिव विकल्प पाठकले जानकारी दिनुभयो ।

१० करोड ३० लाख सेयर पुँजी रहेको सघको १ अर्ब पुर्याउने लक्ष्य राखेको छ । सदस्यता विस्तारसँगै पुँजी निमार्ण गरी अल्पकालिन र दीर्घकालिन परियोजना संघले अघि बढाउने महासचिव पाठकले सहकारीखबरलाई जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले संघले अघि सारेका योजना सफल बनाउन आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।

अभिलेख

लोकप्रिय