चन्द्रागिरि साकोसको वासलात २ अर्ब ७२ करोड
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बाग्मती प्रदेश, कृषि तथा पशुपंक्षी मन्त्री माननीय बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष योगेन्द्र बहादुर कुँवरको सभापतित्वमा शनिवार सभा सम्पन्न भएको हो ।
संस्थाले भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न ईकाईहरुमा उपस्थिति सभा गरी निर्णयका लागि चुनिएका सदस्यहरुको उपस्थितिमा निर्णय प्रमाणिकरण सभा गरेको हो ।

वार्षिक साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १४२२६ जना मध्ये १०६६३ जना सदस्यहरुले उपस्थिति सभामा आफ्नो उपस्थिति दर्ता गरी वार्षिक प्रतिवेदन र संस्थाका सेवाहरुका बारेमा आफ्ना सल्लाहसुझाव राखेको संस्थाले जनाएको छ ।
सभामा बोल्दै प्रमुख अतिथि हुमागाईले सहकारी संस्था दिगो हुनको लागि त्यसमा कार्यरत कर्मचारी, त्यसका सञ्चालक र सदस्यहरु सक्रिय हुनु पर्ने कुरामा जोड दिँदै उत्पादनमुलक क्षेत्रमा सहकारीका सेवाहरु केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी किसानहरुले सधैं भोग्दै आउनु परेको रासायनिक मलको समस्या समाधानको लागि आफ्नो मन्त्रालयले गुरुयोजना बनाएर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारी र स्थानीय तहको सम्बन्ध र आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण र प्रगतिका बारेमा उल्लेख गर्नुभएको थियो ।

साधारण सभाले अध्यक्ष योगेन्द्रकुमार कुँवरद्वारा प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठद्वारा प्रस्तुत आ.व.२०७८/०७९ नीति तथा कार्यक्रम र बजेट र ए श्रेष्ठ तथा एशोसिएट्सको चार्टर्ड एकाउन्टेन्ट आनन्द श्रेष्ठद्वारा पेश भएको लेखापरीक्षण प्रतिवेदनका साथ विभिन्न १३ वटा प्रस्तावहरु पारित गरेकाे छ ।
संस्थाले गत असार मसान्तसम्म २ अर्ब ७२ कराेड ६९ लाख ८१ हजारकाे कुल वासलात बनाउन सफल भएकाे छ । साे अविधसम्म संस्थाकाे शेयरपुँजी १६ कराेड १३ लाख ८० हजार, जगेडा तथा अन्य काेषहरूमा ९ कराेड ६४ लाख, बचत संकलन २ अर्ब २१ कराेड २४ लाख र ऋण लगानी १ अर्ब ७३ कराेड ८५ लाख रहेकाे भने खुद नाफा २ कराेड ९८ लाख ९७ हजार नाफा कमाएकाे छ ।
गत साल उपाध्यक्ष सूर्यनारायण मानन्धरको निधन भएकोले रिक्त रहेको उपाध्यक्ष पदमा संस्थाका सदस्य हरिहर सिग्देललाई निर्वाचित गरेका छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
