मित्र मिलन साकोस, कसेरी सेवा केन्द्रको वार्षिकोत्सवमा आँखा शिविर
पोखरा : मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारकालागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शसिकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गर्नुभएको थियो ।
पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार