२४ कात्तिक २०८३, मङ्गलबार

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ

२०७८ पुष २३, शुक्रबार
नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं साधारण सभाबाट अध्यक्ष पदमा काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सिजेएनको आज सम्पन्न वार्षिक साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । श्रेष्ठ सहकारीखबरका सम्पादक समेत हुन् ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सहसचिवमा भेषराज बेल्वासे तथा सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति आजै शपथग्रहण गरेको छ ।

सिजेएनमा सहकारीका क्षेत्रमा कलम चलाउने ७० जना भन्दा बढी पत्रकारहरु आवद्ध रहेका छन् ।

अभिलेख

लोकप्रिय