मानापाथी त्रिपल एम सहकारीका अध्यक्ष कँडेल पक्राउ, सञ्चालकहरु भूमिगत
काठमाडौं : काठमाडौंको मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेललाई काठमाडौं महानगरीय प्रहरी प्रभाग सिंहदरबारले बागबजारबाट पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नं. ४० बस्ने वर्ष ५७ वर्षीय व्यक्तिले दिएको मुद्धा जाहेरीका आधारमा बाग्लुङ जिल्लाको साविक बिहु गाविस–२ (हाल काठखोला गाउँपालिका–६) स्थायी घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ५२ वर्षीय कँडेललाई बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुरमा मुद्धा जाहेरी परेपछि सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम फरार भएका छन् । प्रहरीले गौतमलाई पक्राउ गर्न खोजी शुरु गरेको छ ।
२०७८ असार ३१ गते १५ लाखको बैंकिङ कसुरमा मुद्धा जाहेरी दर्ता भएपछि कँडेल २०७८ साल पुसको ११ गते बागबजारबाट परेका हुन् ।
कँडेललाई पुसको ११ गतेबाट लागू हुने गरेर उच्च अदालत पाटनबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
मानापाथी र त्रिपल एम नामक दुई वटा सहकारी एकीकरण भएर बनेको मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कँडेल पक्राउ गरेपछि सञ्चालक समितिका अन्य सदस्यहरू भूमिगत भएका छन् । सहकारीको कार्यालय बन्द अवस्थामा रहेको पीडितहरूले बताएका छन् ।
निक्षेपकर्ताहरूको करोडौं रुपियाँ उठाएर अध्यक्ष कँडेल नै बैंकिङ कसुरमा पक्राउ परेपछि सहकारी जोखिममा परेको छ ।
पीडितहरूले आफ्नो रकम माग गर्दा अध्यक्ष कँडेल र सचिव गौतमले नदिएको गुनासो छ । उनीहरूविरुद्ध करोडौंको ठगी गरेको आरोप पीडितहरूको छ । सहकारीको अडिट रिपोर्ट नै फेक रहेको पीडितहरूले बताएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
