सहकारीको ब्याजदर पुनरावलोकन गर्न आधार पुगेन
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) निर्धारण तथा सिफारिस समितिको आज बिहान बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ब्याजदर बढाउन आधार नपुगेपछि बैठक पुनः २१ गते बस्नेगरी टुंगिएको हो ।
सहकारी अभियानको तर्फबाट ब्याजदर बढाउन दबाब रहेपनि बढाउने आधार नभेटिएपछि ब्याजदर पुनरावलोकन हुन नसकेको हो ।
समितिका सदस्य तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीका अनुसार आजको बैठकमा ब्याजदर बढाउन केही आधार नपुगेको र बजार बिश्लेषणपछि मात्र ब्याजदर पुनरावलोकन हुने बताउनुभयो ।
सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावलीको नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा हाल कायम भएको १४.७५ प्रतिशतबाट ब्याजदर नबढ्ने देखिएपछि आज तय हुन नसकेको हो ।
बैठकमा समितिका संयोजक तथा सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारी ब्याजदर बढाउन नसकिने बताउनुभएको थियो । हाल कायम भएको ब्याजदरबाट नबढ्ने उहाँले प्रष्ट पार्नुभएको थियो । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक ब्याजदर नबढाउने पक्षमा देखिएको छ ।
सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावलीको नियम २३ मा तोकिएका आधार अनुसार बजार अध्ययन गर्दा १३ प्रतिशतको हाराहारीमा आएको छ । सहकारी अभियानले भने समिति समक्ष १७ प्रतिशत पुर्याउन प्रस्ताव गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
