२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको सन्दर्भ ब्याजदर घटे बहिष्कार गर्छौंः अध्यक्ष उप्रेती

२०७८ पुष १४, बुधबार
सहकारीको सन्दर्भ ब्याजदर घटे बहिष्कार गर्छौंः अध्यक्ष उप्रेती

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले सन्दर्भ ब्याजदर १४.७५ बाट बढाउन पहल गर्ने बताउनुभएको छ । सहकारी संस्थाहरुले ऋणमा लगानी गर्दा लिने ब्याजदरमा सिलिङ लगाएकाले सहकारी क्षेत्रको पैसा अन्यत्र गएको उहाँको भनाई थियो । ब्याजदर नबढे सहकारी क्षेत्रमा थप संकट आउन सक्नेतर्फ उहाँले इंगित गर्नुभयो । सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गरेर जाने समेत उहाँले बताउनुभयो।

काठमाण्डौं जिल्ला बहुउद्देश्ययीय सहकारी संघको आयोजनामा आज भएको एक अन्तर्किया कार्यक्रममा बोल्दै सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी संस्थाहरुलाई संयमित भएर ऋण लगानी गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको यो तरलता अभावको अवस्था कहिलेसम्म कायम रहन्छ भन्ने थाहा छैन, त्यसैले अति आवश्यक बाहेकका अवस्थामा ऋण लगानी नगर्नुस् ।”

जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष मनोज थापाले तरलता समस्या, बहुउद्देश्यीय सहकारीका समस्या र भावी कार्यदिशाका लागि छलफल आयोजना गरिएको उल्लेख गर्नुभयो। सहकारी ऐनले बहुउद्देश्यीयहरुलाई प्राथमिक उद्देश्यमा काम गर्न भनेको तर काम गर्न बाटो खुला भने नगरेको बताउनुभयो । सहकारी अभियानमा नेता धेरै भएपनि समस्या समाधानका लागि राज्यसँग उचित पहल गर्ने कोही नभएको उहाँले गुनासो थियो ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली बस्दैछ ।

अभिलेख

लोकप्रिय