२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीमा तरलताको संकट आउन नदिन २ अर्बको कोष खडा

२०७८ पुष ११, आईतवार
सहकारीमा तरलताको संकट आउन नदिन २ अर्बको कोष खडा

काठमाडौं : सहकारी संस्थाहरुमा तरलता समस्या आउन नदिन राष्ट्रिय सहकारी बैंकले २ अर्बको कोष खडा गरेको छ । सञ्चालक समितिको बैठकबाट निर्णय गरी बैंकले तत्काललको लागि २ अर्बको कोष खडा गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै तरलताको संकट सहकारी क्षेत्रमा पर्न नदिन तरलता व्यवस्थापन कोष स्थापना गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।

बैंकले कोष परिचालनको लागि कार्यविधिको समेत तयारी गरेको छ । कोभिडको समयमा स्थापना गरिए जस्तै मोडलमा तरलता कोष रहने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

कोषमार्फत तरलता व्यवस्थापनमा समस्या भएका सहकारीलाई छोटो समय अवधिको लागि कर्जा प्रवाह गरिने उहाँले बताउनुभयो । सदस्य सहकारीमा तरलताको अभाव भएको अवस्थामा अध्ययन गरेर मात्र कर्जा प्रवाह गर्ने उहाँको भनाई छ । विगतमा बैंकसँग गरेको कारोबार, निक्षेप, लगानीको आधारमा बिना धितो वा धितोमा कर्जा प्रवाह गर्ने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय