श्री लालिगुराँसको २२औं साधारण सभा सम्पन्न, थप ७ सेवा केन्द्र विस्तार गर्ने योजना
ललितपुर : पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष श्रेष्ठले संस्थाको आर्थिक वर्ष ०७७/०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको भनाई छ । कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशकै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागु गर्ने योजना रहेको बताउनुभयो ।
संस्थको लागानीमा सञ्चालिन अधिकांश संस्थाले प्रतिफल दिएको उल्लेख गर्दै ती संस्थाहरुलाई थप प्बिधियुक्त बनाइने दाबी गर्नुभयो । उहाँले छिट्टै थप सदस्य सुविधा काउन्टरको बिस्तार, थप एटिएम सेवाको शुरुवात गर्ने जानकारी गराउँदै संस्थालाई थप प्रविधिमैत्री र व्यवसायिक रुपमा अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा बोल्नुभएको थियो । उहाँले संस्था अघि बढाउन सबै कर्मचारी, विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भुमिका रहने उल्लेख गर्नुभयो ।
सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने विषयमा स्पष्ट पार्नुभयो ।
संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको छ ।
संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन भएको जानकारी गराउनुभयो । संस्थाले निकट भविष्यमा काठमाडौको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा।लि।, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि./कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।
साधारण सभामा संस्थाका सर्वोत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कार सहित सम्मान गरिएको छ । साथै १५ वर्ष स्थायी सेवा अवधि पुरा गर्ने दिपेश अधिकारी लाई सम्मान गरियो । त्यस्तैगरी ५ वर्ष स्थायी सेवा पुरा गर्ने शशिकला भण्डारी, रविन्द्र महर्जन , किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी ७ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
