२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीहरू बचत फिर्ता गर्न नसक्ने अवस्थामा छन्: माधव दुलाल

२०७८ पुष ६, मङ्गलबार
सहकारीहरू बचत फिर्ता गर्न नसक्ने अवस्थामा छन्: माधव दुलाल

ललितपुर : जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारी संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थातर्फ उन्मुख भएकाे बताउनुभएकाे छ ।

केही सहकारीका अध्यक्ष, प्रबन्धकहरुले बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेकाे जानकारी गराएकाे उहाँले बताउनुभयाे । ललितपुरमा आयाेजित तरलता व्यवस्थापनमा अभियानकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले तरलता समस्या समयमै समाधान गर्न नसकेकाे अवस्थामा ठूलाे दुर्घटनामा सहकारी पर्ने बताउनुभयाे । तत्काल सहकारीकाे सन्दर्भ ब्याजदर परिमार्जन गर्नुपर्ने उहाँकाे जाेड थियाे । बैंकहरूले १२, १३,१४ प्रतिशत ब्याज दिन थालेकाे र सहकारीहरु समस्यामा परेकाे उहाँकाे भनाइ थियाे ।

अभिलेख

लोकप्रिय