राष्ट्रिय सहकारी बैंक खुद मुनाफा २५.६०% बढ्यो, १५% लाभांश प्रस्ताव
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले १८ औं बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको १८ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनको डिजिटल प्रति सार्वजनिक गरेको हो । बैंकको साधारण सभा पुष १६ गतेबाट शुरु हुनेछ । बैंकले सात एकाईमा साधारण सभा गर्दैछ ।
साधारण सभाको एकाई बैठकका प्रतिनिधिहरुको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुष ३० गते काठमाडौंमा गर्ने बैंकले जनाएको छ । बैंकले सहकारी क्षेत्रमा पहिलो पटक नेपाल वित्त प्रतिवेदनमान (NFRS) अनुसार यो बर्षको बित्तिय प्रतिवेदन तयार गरेको छ ।
बैंकले सार्वजनिक गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार शेयर पुँजी २ अर्ब ८७ करोड पुगेको छ । यो पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा २९.२८ प्रतिशतले बढी हो । त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ४१.५१ प्रतिशतले बढेर ६६ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै कर्जा तथा सापट ३२.०३ प्रतिशतले बृद्धि भई ३५ अर्ब ९१ करोड पुगेको छ ।
बैंकले यस वर्ष ब्याज आम्दानी ४ अर्ब ४३ करोड गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४८ प्रतिशतले बढी हो । २ अर्ब ६९ करोड ब्याज खर्च गरी १ अर्ब ६ करोड नाफा (कर अगाडि) गर्न बैंक सफल भएको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा २४.२२ प्रतिशतले बढी हो ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा २५.६० प्रतिशले खुद मुनाफा बृद्धि भई ९५ करोड ५५ लाख गर्न सफल भएको छ । बैंकको हाल १३ हजार ७ सय १२ सदस्य रहेका छन् ।
बैंकले यस वर्ष पनि १५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दै छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
