कोअपरेटिभ्ज् यूरोपको बोर्ड बैठक कोपनहेगनमा
युराेप : कोअपरेटिभ्ज् युरोपको सञ्चालक समितिको बैठक हिजो र आज डेनमार्कको राजधानी कोपनहेगनमा जारी छ ।
हिजो सुरु भएको बैठकमा सहकारी शिक्षा, अनुसन्धान, प्रविधि, लैङ्गिक समावेशिता तथा युवा सहभागिता लगायतका विषयमा समेत सघन छलफल भई आज सकिने कार्यक्रम छ । यो पटकको बैठक पनि हाइब्रिड मोडलमा बसेको छ । धरै सञ्चालकहरु भौतिक रुपमै उपस्थित भएपनि केहीले भर्चुअल सहभागिता जनाएका छन् । कोअपरेटिभ्ज् युरोप अन्तर्राष्ट्रिय सहकारी महासंघको युरोप हेर्ने क्षेत्रीय निकाय हो जसको मुख्य कार्यालय बेल्जियमको राजधानी ब्रसेल्समा अवस्थित छ । 
कोअपरेटिभ्ज् यूरोपको नेतृत्व परिवर्तन भएसँगै हाल जारी सञ्चालक समितिको बैठकलाई महत्वका साथ हेरिएको छ । कोप्स् युरोपको २४ सेप्टेम्बर २०२१ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भर्चुअल साधारण सभाले डेनिस सहकारी अभियन्ता सुसान वेस्थाउसिनको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो । सन् २०१७ देखि आइसीए ग्लोबल बोर्ड सञ्चालक रहेकी वेस्थाउसिन सन् २००७ देखि डेनमार्कको कोपरेशनिन् (Kooperationen) कि अध्यक्ष छिन् । उनी अघि जिन लुइस ब्यान्सल कोप्स् युरोपका अध्यक्ष थिए ।
युरोपेली मुलुकहरुको सहकारी आवाज कोअपरेटिभ्ज् यूरोपमा हाल ३३ मुलुकका ८४ सहकारी संघ संस्थाहरु सदस्य छन् । युरोपको केन्द्रीय सहकारी निकाय अन्तर्गत १ लाख ७६ हजार प्रारम्भिक सहकारी संस्थाका १४१ मिलियन व्यक्तिगत सदस्यहरु अटाएका छन् । यी सहकारीहरुले ४७ लाख युरोपेलीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । कोअपरेटिभ्ज् यूकेमार्फत सहकारी प्रारुपको व्यवसाय प्रवर्धनका लागि तालिम शिक्षा र बहसपैरवीका काम हुँदै आएको छ ।

युरोपेलीहरुको संगठन–युरोपेली संघ (इयू) मुलुकहरुमा प्रत्येक ५ नागरिकमा १ जना सहकारीका सदस्य रहेको पछिल्लो तथ्याङ्कले देखाउँदछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
