१८ भदौ २०८३, बिहिबार

मेगा ड्रिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा महाशंकर रेग्मी

२०७८ मंसिर २५, शनिवार
मेगा ड्रिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा महाशंकर रेग्मी

काठमाडौं : बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा महाशंकर रेग्मी निर्वाचित हुनुभएको छ । संस्थाको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले महाशंकर रेग्मीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो । रेग्मी यस अघि सचिव हुनुहुन्थ्यो ।

चार वर्षको लागि निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बासुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शेखर बस्नेत, राजकुमार श्रेष्ठ र सरदकुमार अधिकारी रहनुभएको छ ।

त्यस्तै साधारण सभाले लेखा समितिको संयोजकमा उमाकान्त न्यौपाने निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रकाश घिमिरे र शुभद्रा चौलागाई निर्वाचित हुनुभएको छ ।

निर्वाचित सञ्चालक समिति र लेखा समितिलाई आजै पद तथा गोपनियताको शपथ ग्रहण गराईएको छ ।

अभिलेख

लोकप्रिय