मन्थली साकोसको २४ औं साधारण सभा सम्पन्न, अध्यक्षमा गोबिन्दप्रसाद घिमिरे
मन्थली : रामेछाप स्थित मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धुबप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख बस्नेतले तिनखम्बे अर्थनीति अंगिकार गरेको सरकारले सहकारी क्ष्ेत्रमा संकलित रकम आर्थिक विकासका लागि परिचालन गर्न जोड दिएको बताउनु भयो । उहाँले नगर क्षेत्रका सबै सहकारी संस्थाहरु नगरपालिकाको दायरामा आउनु पर्ने बताउँदै सहकारीका लागि निर्धारण गरेको कर संशोधन हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका शिव श्रेष्ठ र नेफ्स्कूनका प्रतिनिधि राजेश खड्काले समेत सहकारी संस्था र यसले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
बार्षिक साधारण सभामा संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले बार्षिक कार्यक्रम, कोषाध्यक्ष टीकाप्रसाद भट्टले संस्थाको आयव्यय विवरण र लेखा सुपरिवेक्षण समितिका संयोजक टंकप्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
संस्थामा १४ हजार ९४ जना सदस्य आवद्ध रहेका छन् । गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको सेयर पुँजी ९ करोड ६ लाख ६८ हजार, बचत ८२ करोड ५० लाख ९५ हजार, लगानी ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैयाँ र संस्थाको कुल कारोबार ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुयैयाँको कारोवार गरी ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।
संस्थाको अध्यक्षमा गोबिन्दप्रसाद घिमिरे
साधारण सभाले संस्थाका गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ ।
निर्बिरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्ष पदमा चन्द्रा खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा टीकाप्रसाद भट्ट, सदस्यहरुमा तारादेवी थापा, महेश घिमिरे, नानीमैया माझी, गौतमकुमार श्रेष्ठ र नविन केसी रहनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा कृष्णवहादुर वस्नेत र जानुकी श्रेष्ठ सदस्य रहेको निर्वाचन उप समितिका संयोजक पेशलकुमार आचार्यले बताउनुभयो । ४ वर्षका लागि निर्वाचित संचालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले शनिबारनै पदको सपथ लिनुभएको छ ।
२०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले मन्थलीका अतिरीक्त रामेछाप, गेलु, मन्थली बसपार्क र धोविमा सेवा केन्द्र मार्फत सदस्य संग बचत तथा ऋणको काम गर्दै आएको छ । संस्थाले केहि अवधिमै सालु, कठजोर र भटौलीमा सेवा केन्द्र थप गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार