१८ भदौ २०८३, बिहिबार

सदस्यलाई जिम्मेवार बनाउँदै हाम्रो एकीकृत साकोस

२०७८ मंसिर १७, शुक्रबार
सदस्यलाई जिम्मेवार बनाउँदै हाम्रो एकीकृत साकोस

काठमाडौं : हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा शिविर तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको ८ वटै सेवा केन्द्रहरुमा आयोजना गरिएको कार्यक्रममा सदस्य तथा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाले कात्र्तिक २३ गते किर्तिपुर, २४ गते लगनखेल, २७ गते महाराजगञ्ज, २८ गते क्षेत्रपाटी, ३० गते माछापोखरी, २ गते मुख्य कार्यालय स्वंयम्भु, मंसिर ८ गते भक्तपुर र मंसिर १४ गते बौद्धमा सदस्य शिक्षा शिविर तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहकारीका सिद्धान्त, सहकारीले गर्ने काम, सहकारीको महत्व, सहकारीमा सदस्य बन्नुको फाईदा, संस्थाको पृष्ठभूमि, संस्थाले गर्दै आएको काम लगायतका बारेमा सदस्यहरुलाई जानकारी गराईएको थियो ।

सहकारीमा सदस्य बन्दा सदस्यले ध्यान दिनुपर्ने कुराहरु, उत्कृष्ठ सहकारी छनोट गर्ने आधारहरुको बारेमा समेत सदस्यलाई जानकारी गराईएको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्रबहादुर साउदले गर्नुभएको थियो ।

कार्यक्रमपछि संस्थाको सदस्य बृद्धि हुनुको साथै सेयर रकम पनि बृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत साउदले बताउनुभयो । सहकारीप्रति सदस्यहरुलाई थप जिम्मेवार बनाई समुदायमा आधारित काम गर्नको लागि यस्ता कार्यक्रम आयोजना गरिएको साउदले बताउनुभयो ।

 

अभिलेख

लोकप्रिय