२४ कात्तिक २०८३, मङ्गलबार

हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गर्ने दुई पक्राउ

२०७८ मंसिर १६, बिहिबार
हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गर्ने दुई पक्राउ

दोलखा : केन्द्रीय अनुुसन्धान ब्यूरोले दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्की रहेका छन् । सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो ।

कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए ।

अभिलेख

लोकप्रिय