२४ कात्तिक २०८३, मङ्गलबार

पोखरा रोयल साकोसको समिक्षा गोष्ठीसहित क्षमता विकास तालिम सम्पन्न

२०७८ मंसिर १४, मङ्गलबार
पोखरा रोयल साकोसको समिक्षा गोष्ठीसहित क्षमता विकास तालिम सम्पन्न

कास्की (पोखरा) : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७८/०७९ को पहिलो चौमासिक समीक्षा गोष्ठीका साथै नवनिर्वाचित समिति, उपसमिति र सल्लाहकारहरुको लागि एकदिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको प्रथम चौमासिक गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले समिति उपसमितिको काम कर्तव्य र अधिकार साथै सहकारीको समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो भने मुख्य प्रबन्धक मीलन ढकालले संस्थाको वस्तु तथा सेवाहरुको जानकारी सहित प्रथम चौमासिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

रोयल दिदिबहिनी किचनको सभाहलमा सम्पन्न गोष्ठीमा संस्थाका सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कोरोना महामारी पश्चातको समीक्षा अवधिमा संस्थाले लक्ष्य बमोजिम सदस्य विस्तार, सचेतना अभियान, कारोबार विस्तार, लघुवित्त समूहको विस्तार र मुनाफा आर्जनमा उल्लेख्य प्रगति गरिरहेको छ ।

चालु आ।व।मा सदस्यता वृद्धि, कारोबार वृद्धि तथा मुनाफा वृद्धि गर्दै सदस्यमुखी र प्रविधिमैत्री सेवालाई गाँउ गाँउमा पुर्याउदै पोखरा रोयल सहकारीलाई समुदायको पहिलो रोजाईको संस्था बनाउने योजना रहेको संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले बताउनुभयो ।

गोष्ठीमा संस्थाका उपाध्यक्ष क्या।चन्द्रप्रसाद गुरुङले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो भने संस्थापक अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङलाई संस्था स्थापनादेखि हालसम्म पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय