२४ कात्तिक २०८३, मङ्गलबार

चार महिनामा सहकारी ठगीका ५४ उजुरी, १३ वटा समस्याग्रस्त

२०७८ मंसिर १०, शुक्रबार
चार महिनामा सहकारी ठगीका ५४ उजुरी, १३ वटा समस्याग्रस्त

ललितपुर : सहकारी विभागमा चालु आर्थिक वर्षको चार महिनामा ५४ वटा सहकारी विरुद्ध उजुरी परेका छन् ।

सहकारी विभागमा रजिष्ट्रार झलकराम अधिकारीका अनुसार ति उजुरी निक्षेप फिर्ता नदिएको, कर्जामा बढी ब्याज लिएको, बिना जानकारी धितो लिलाम गरेको लगायतका विषयका रहेका छन् । उहाँका अनुसार साउनदेखि यता मात्रै १३ वटा सहकारी समस्याग्रस्त भएका छन् । काठमाडौं महानगरपालिकाभित्र ६२ वटा सहकारी अत्यन्त जोखिम अवस्थामा छन् ।

चौथो ललितपुर साकोस समिट२०७८ मा कार्यपत्र प्रस्तुत गर्नुहुँदै रजिष्ट्रार झलकराम अधिकारीले ती सहकारीले चरम समस्यामा रहेकाले हात उठाउन मात्रै बाँकी रहेको बताउनुभयो ।

केही सहकारीले १९ प्रतिशतसम्म ब्याज असुली गरेको पाइएको समेत रजिष्ट्रार अधिकारीले बताउनभयो । ५ प्रतिशत सेवा शुल्क लिएको, ११ प्रतिशतसम्म जरिवाना लिएको पाइएको उहाँको भनाई थियो ।

सहकारीले सहकारीले ऐन, नियम मान्दिन भन्न नपाउने र ऐन कानुनको पूर्ण पालना गर्न निर्देशन दिनुभएको छ । सहकारीले मष्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी लिएर काम गर्नुपर्ने उहाँको भनाई थियो । सहकारी विभाग र सहकारी अभियानको बाटो फरक भएपनि गन्तव्य एउटै भएकाले सुमधुर सम्बन्ध राखेर जानुपर्ने रजिष्ट्रार अधिकारीको भनाई थियो ।

अभिलेख

लोकप्रिय