१७ जेठ २०८३, आईतवार

रामकोट साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

२०७८ मंसिर १०, शुक्रबार
रामकोट साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा १२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

धादिङबेसीमा बिहीबार सम्पन्न कार्यशालामा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम (CURBS) मा आवद्ध धादिङबेसी क्लस्टरका साकोसहरुको सहभागिता रहेको थियो ।

रामकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएका कार्यक्रममा निलकण्ठ नगरपालिका ८ का वडा अध्यक्ष गुण बहादुर थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालालाई नेफ्स्कूनका तालिम अधिकृत सन्दिप ढकाल र धादिङ बचत तथा ऋण सहकारी संघका व्यवस्थापक गोकर्ण दुवाडीले सहजिकरण गर्नुभएको थियो ।

कार्यशालामा रामकोट साकोस, निलकण्ठ महिला साकोस, भैरवी साकोस, हिमाल साकोस, स्वस्तिक साकोस, नसिक साकोस, शिबज्योती महिला साकोस र ज्योती महिला विकास साकोसको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोजक संस्था रामकोट साकोसका संचालक, CURBS कार्यदलका प्रतिनिधि र व्यवस्थापन कर्मचारीको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय