सहकारी क्षेत्रलाई वित्तीय विभेद नगर्न राष्ट्र बैंकलाई अनुरोध
श्रीराम सुवेदी
पोखरा : पोखराका सहकारी प्रमुखहरुले पोखरामा सम्पन्न एक कार्यक्रममार्फत सहकारीलाई वित्तीय विभेद नगर्न अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अन्तर्गत नीतिगत सुधारका लागि सहकारी र राष्ट्र बैंकबीच सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उक्त अनुरोध गरिएको हो।
कार्यक्रमको प्रकाश पार्दै गभर्नर कार्यालयका अधिकारी डा. भागवत आचार्यले वित्तीय समावेशीकरणका लागि समायानुकल वित्तीय साक्षरता आवश्यकता छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे बताउनुभयो । उहाँले वित्तीय ढाँचा वा संरचनामा के कस्तो परिमार्जन गर्न आवश्यक छ, त्यस्ता सुझावलाई अध्यावधिक गर्दै जाने समेत बताउनुभयो ।
गभर्नर कार्यालयका निर्देशक तथा कार्यक्रमका सहजकर्ता नारायणप्रसाद पोख्रेलले वित्तीय साक्षरता सबैको लागि अपरिहार्य विषय भएको बताउँदै केन्द्रीय बैंकले साक्षरता फैलाउन सहकारीको भूमिकालाई प्रमुखताका साथ हेरेको बताउनुभयो ।
कार्यक्रममा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थका कार्यकारी प्रमुख भीम बहादुर गुरुङले केन्द्रिय बैंकले वित्तीय संरचनामा परिमार्जनमा सहकारीलाई पनि महत्व दिनु गर्वको विषय भएको बताउँदै सहकारीसँगको सहकार्यमार्फत वित्तिय साक्षरतासम्बन्धी कार्यक्रमहरुलाई समाजका निम्न वर्गको पहुँचमा पुर्याउन सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सरकारले आफ्ना नीति तथा कार्यक्रममा सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेपनि कार्यान्वयनमा संकुचन देखिएको हो की भन्ने आशय व्यक्त गरेका थिए । उनीहरुले शंकास्पद कारोबारलाई सुक्ष्म अनुमगन नगरी सहकारी संस्थालाई अविश्सनिय तरिकाबाट नहेर्न समेत सुझाव दिएका थिए । कार्यक्रममा पोखराका १७ सहकारी संस्थाका कार्यकारी प्रमुख र प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार