विकू बचतको कुल सम्पत्ति ३९% ले बढेर ७ अर्ब ८८ करोड नाघ्यो
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढेर ७ अर्ब ८८ करोड ३७ लाख ३९ हजार ६सय ४६ रुपैयाँ पुगेको छ ।
२०४८ साल भाद्र ५ गते तत्कालीन विजय युवा क्लब (हाल विजय विकास स्रोत केन्द्र) को विशेष पहल र अग्रसरतामा २६ जनाबाट दैनिक ५० पैसा बचतबाट स्थापना भएको संस्थाको शेयर पुँजी र अन्य कोषहरूमा करिब १ अरब ३० करोड रुपैयाँ पुगेको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ६७ करोढ ५३ लाख ६७ हजार ४६ रुपैयाँ कुल आम्दानी गर्न सफल भएको थियो । सोही अवधिमा ४७ करोड १७ लाख ५७ हजार १ सय ३२ रुपैयाँ खर्च गरी २० करोड ३६ लाख ९ हजार ६ सय २६ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।
संस्थामा ८१ हजार ७ सय ७१ जना सेयर सदस्यको ६८ करोड ६५ लाख ६ हजार ४ सय सेयर पुँजी रहेको छ । त्यस्तै कुल निक्षेप संकलन ४३ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ८२ लाख ४९ हजार ४ सय ५ रुपैयाँ पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
