२४ कात्तिक २०८३, मङ्गलबार

नेफ्स्कूनको सिईओमा प्रकाश प्रसाद पोखरेल नियुक्त

२०७८ मंसिर ५, आईतवार
नेफ्स्कूनको सिईओमा प्रकाश प्रसाद पोखरेल नियुक्त

काठमाडौं
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रकाश प्रसाद पोखरेल नियुक्त हुनुभएको छ । आज एक कार्यक्रमको बीच पोखरेललाई नेफ्स्कून बोर्डले नियुक्त गरेको हो । पोखरेललाई नेफ्स्कूनको ३०० औं बोर्ड बैठकले सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

संघका अध्यक्ष परितोष पौड्याल, सञ्चालकहरु रिना आचार्य, यज्ञ प्रसाद ढकाल, घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्र समेतको उपस्थितिमा एक कार्यक्रमको बीच पोखरेललाई नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।

२०७६ साल असार १ गतेबाट नायब प्रमुख कार्यकारी पदबाट नेफ्स्कून प्रवेश गर्नुभएका पोखरेल २०७७ साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्थ्यो ।

अभिलेख

लोकप्रिय