पञ्चशिल सहकारीद्वारा स्वाथ्य समाग्री हस्तान्तरण
ललितपुर : ललितपुर स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य सेवा केन्द्र सूर्यविनायक भक्तपुरको संयोजनमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
संस्थाले भक्तपुर आदर्श भेलुखेल स्थित शारीरिक अशक्तता भएका बालबालिकाहरुको हेरचाह गर्दै आईरहेको सत्प्रयास नेपाल संस्थालाई आधुनिक फिजियोथेरापी मेसिन, खाद्यान्न र लगायत स्वास्थ्य सामाग्रि प्रदान गरेको हो। संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले सत्प्रयास नेपालका प्रमुख रजनी केसी मानन्धरलाई सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिको हेरचाहमा महत्वपुर्ण योगदान दिएको संस्थालाई स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको सहकारी संस्थाका अध्यक्ष अशोक बज्राचार्यले बताउनुभयो । हस्तान्तरण कार्यक्रमको बारेमा जानकारी गराउँदै संस्थाका सचिव घनश्याम धमलाले संस्थाले यस्तो कार्यक्रमलाई निरन्तरात दिदै जाने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद गिरी लगायतका पदाधिकारी र सदस्य सुविधा केन्द्र सूर्यविनायकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
