२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको भिजन पेपर तयारी अघि बढेको छ, अभियानसँग छलफल गरेर निष्कर्ष दिन्छौंः मन्त्री श्रेष्ठ

२०७८ मंसिर ३, शुक्रबार
सहकारीको भिजन पेपर तयारी अघि बढेको छ, अभियानसँग छलफल गरेर निष्कर्ष दिन्छौंः मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी अभियानका नीतिगत, कानुनी तथा व्याहारिक समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

सहकारी अभियानको विकास, प्रवर्धन र सुशासन स्थापना गर्न नीतिगत, काुननी र व्यावहारिक उल्झनहरु छन् भने छलफलका आधारमा तिनको निदान गर्न मन्त्रालय तयार रहेको उहाँले भनाई थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मन्तव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले सहकारीको वित्तीय जोखिम न्यूनीकरण, संस्थागत सुशासन कायम गर्ने दिशामा राज्य र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो ।

सहकारीहरुको संस्थागत सुशासनमा बिशेष जोड दिदैं मन्त्री श्रेष्ठले आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउने, स्वनियमनलाई सबल बनाउनुपर्ने कुरामा जोड दिनुभयो । सहकारी अभियानको विकास र प्रवर्धनका लागि साझा अवधारणा तयार गरी अघि बढ्न सरकार तयार रहेको, विभाग तथा प्रदेश एवम् सथानीय सरकारसँग समन्व्यमा अघि बढ्न अब ढिलाई गर्न नहुने समेत उहाँले बताउनुभयो ।

‘अर्थतन्त्रको अत्यन्त्रै महत्वपूर्ण र संवदेशनील क्षेत्र हो सहकारी क्षेत्र । उत्पादन र उत्पादकत्व क्षेत्रमा सहकारी जोडिनुपर्छ, समृद्धिको यात्रामा राज्यसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ ‘, मन्त्री श्रेष्ठले भन्नुभयो ।

सहकारी अभियानको विकासका लागि मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको जानकारी गराउँदै उहाँले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने जानकारी मन्त्री श्रेष्ठले गराउनुभयो ।

अभिलेख

लोकप्रिय