महारानीझोडा सहकारीलाई गहुँको बिउ प्रशोधन गर्न भ्याइनभ्याइ
झापा : नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ ।
कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहका अनुसार नेपाली गहुँको बिउ भारतमा अत्याधिक माग छ । ‘नेपाली गहुँको बिउ गुणस्तरीय हुन्छ । त्यसकारण पनि भारतमा अत्याधिक माग छ’, उहाँले भन्नुभयो, ‘भारतमा गहुँको रोटी खाने संस्कार एकदम छ । त्यसकारण खेती पनि धेरै हुन्छ । नेपाली बिउको पनि माग छ ।’
भारतबाट समेत गहुँको बिउको माग अधिक भएपछि झापाको गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले संचालन गरेको सामुदायिक बिउ प्रशोधन केन्द्रले अहिले धमाधम बिउ प्रशोधन गरिरहेको छ । गहुँको बिउको माग अत्याधिक भएका कारण अहिले बिउको बजारीकणको काम भइरहेको सामुदायिक बिउ प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनुभयो ।
‘अरू बिउ भारतबाट आउँछ । तर, गहुँको बिउ भारतमा जाने भएकाले पनि माग उच्च छ’, उहाँले भन्नुभयो, ‘अब केही दिनभित्रमा बिउ निर्यात गर्नुपर्छ । त्यसकारण पनि अहिले प्रशोधन गर्न भ्याइनभ्याइ छ ।’
बिउ प्रशोधन केन्द्रले यो वर्ष विजय, गौतम, एनएल र आदित्य प्रजातिका एक सय मेट्रिकटन बिउ प्रशोधन गरेको उहाँले बताउनुभयो । यद्यपि, झापामा भने गहुँको खेती बर्सेनि घट्दै गएको छ । किसानहरूले पनि भारतमा बिउको माग भएकाले बिउका लागि मात्र गहुँको खेती गर्ने गरेकोे नमुना एकीकृत खेती गौरादहका अध्यक्ष बेधनिधि चापागाईंले बताउनुभयो ।
‘अहिले झापामा गहुँ खेती हुँदैन भन्ने अवस्था आउन लागेको छ । पहिला हामीले १५ बिघासम्म गहुँ खेती गर्थ्यौं’, उहाँले भन्नुभयो, ‘अहिले बिउ उत्पादनका लागि मात्र गर्दै छौँ । कृषि अनुसन्धान केन्द्र तरहराले बिउ दिएका कारण मात्र यो पनि गरेका हौँ नभए गरिँदैन थियो ।’ कृषिज्ञान केन्द्र झापाका अनुसार जिल्लाको गौरादह क्षेत्रमा धेरै गहुँ उत्पादन हुँदै आएको छ ।
ज्ञान केन्द्रका अनुसार झापामा अघिल्लो वर्ष सात हजार १२५ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा साढे २० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खेती घट्दै गएपछि बिउ उत्पादनमा समेत गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गहुँमा भन्दा अन्य खेती बालीमा राम्रो आम्दानी हुने भएकाले पनि गहुँ खेती विस्थापिन हुँदै गएको छ ।
‘गहुँ लगाउने उपयुक्त समय कात्तिकदेखि मंसिर पहिलो साता हो । गहुँ चार महिनामा पाक्छ । यो समयमा धान र मकै पनि हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा पुगेपछि झापामा हिउँदमा पनि धान नै उत्पादन हुँदै आएको छ, कि धान कि त हिउँदमा कृषकले मकै लगाउँछन्’, ज्ञान केन्द्र प्रमुख सिंहले भन्नुभयो, ‘नेपालमा रोटी खाने संस्कार पनि खासै छैन । त्यसकारण पनि गहुँको उत्पादन कम भएको हुनसक्छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
