२४ कात्तिक २०८३, मङ्गलबार

सुनौलो आयाम साकोसको अध्यक्षमा सागर लम्साल

२०७८ कात्तिक २९, सोमबार
सुनौलो आयाम साकोसको अध्यक्षमा सागर लम्साल

काठमाडौं : कलंकी स्थित सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सागर लम्साल चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारण सभाले अध्यक्षमा लम्साललाई निर्विरोध निर्वाचित गरेको हो ।

संस्थाका अध्यक्ष भवनाथ लम्सालको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का कोषाध्यक्ष सालिकराम पुडासैनी रहनुभएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंक कलंकी शाखामा प्रमख रामकुमार लिमल्सिना, संस्थाका कानुनी सल्लाहकार ठाकुर रमण आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

नव निर्वाचित संस्थाका अध्यक्ष लम्सालले अबका दिनमा संस्थालाई गतिशिल ढंगले सञ्चालन गरिने बताउनुभयो । चालु आर्थिक वर्षमा संस्थाको सेयर र बचत १०० प्रतिशतले बृद्धि गर्ने योजनाका साथ संस्था अघि बढ्ने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय