जनधन साकोसको १३औं साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं : कालिमाटी स्थित जनधन बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका सदस्य लगायत विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।

साधारण सभाको अवसरमा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र राष्ट्रिय सहकारी बैंक, कालिमाटी शाखा प्रमुख दिव्य के.सी.लाई सम्मानित हुनुभएको छ । त्यसैगरी एकल महिला सम्मान कार्यक्रममा पार्वती लामा, जेष्ठ सदस्य सम्मानमा केदार प्रसाद उप्रेती, उत्कृष्ट बालबचत सदस्य सम्मानमा प्रसुना बस्नेत, उत्कृष्ट बचत सदस्यमा अम्बिका पन्त कोईराला र उत्कृष्ट ऋणी सदस्य सम्मानमा बद्री प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथि रुपमा पशुपति विकास कोषका उप निर्देशक रेवतीरमण अधिकारी, तरकारी फलफूल साकोसका अध्यक्ष उज्वल कार्की, समाजसेवी अमर बहादुर श्रेष्ठ, समुन्नत नेपालका अध्यक्ष बावुराम आनचार्य, नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरे, राष्ट्रिय सहकारी बैंक कालिमाटी शाखा प्रमुख दिव्य के.सी., कास्कून कलंकी शाखा प्रमुख सबिना न्यौपाने, मधुबन प्रकाशपुर सरोकार समाजका नि. अध्यक्ष खड्ग बहनदुर राउत लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
