१९ भदौ २०८३, शुक्रबार

हाम्रो एकीकृत साकाेसकाे ७औं सेवा केन्द्र ललितपुरमा

२०७८ कात्तिक १२, शुक्रबार
हाम्रो एकीकृत साकाेसकाे ७औं सेवा केन्द्र ललितपुरमा

काठमाडौं : हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको लगनखेलमा सेवा केन्द्र विस्तार गरेकाे छ । संस्थाकाे याे ७औं सेवा केन्द्र (सुर्यदिप सेवा केन्द्र) हाे ।

शुक्रबार संस्थाका अध्यक्ष तथा नेफ्स्कूनका अध्यक्ष परिताेष पाैड्यालले एक कार्यक्रमको बीच सेवा केन्द्रकाे उद्घाटन गर्नुभएकाे हाे ।

सुर्यदिप सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्य लक्ष्मी पाेखरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ललितपुर महानगरपालिका-१९ का अध्यक्ष विनाेद ताम्राकार, भाेटेकाेशी गाउँपालिका-४, का अध्यक्ष साङदाेर्जे शेर्पा लगायतकाे आतिथ्यता रहेको थियाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष पाेड्यालले उत्कृष्ट सहकारीको रुपमा विकास गर्ने संकल्प अघि बढेकाे बताउनुभयो । संस्थालाई विदेशबाट आउने प्रतिनिधिलाई देखाउन लायक बनाउने बताउनुभयो । समुदायमा आधारित र सदस्यकाे सेवामा संस्था समर्पित हुने उहाँको भनाइ थियाे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत याेगेन्द्रबहादुर साउदले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका सदस्य, स्थानिय र कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

अभिलेख

लोकप्रिय