१९ भदौ २०८३, शुक्रबार

हाम्रो एकीकृत साकोसको छैटौं सेवा केन्द्र कीर्तिपुरमा

२०७८ कात्तिक ११, बिहिबार
हाम्रो एकीकृत साकोसको छैटौं सेवा केन्द्र कीर्तिपुरमा

काठमाडौं : स्वंयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले कीर्तिपुरमा छैटौं सेवा केन्द्र स्थापना गरेको छ । उक्त सेवा केन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । पौडेल संस्थाको पनि अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष पौड्यालले संस्थाले व्यक्ती प्रदान कार्य नगरी सदस्यमुखी सेवा प्रवाह संस्थाले गर्ने बताउनुभयो । संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको उहाँले बताउनुभयो । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहाना बाहिर गएर संस्था संचालन नहुने उहाँको भनाई थियो ।

संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नुपर्ने बताउनुभयो । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने बताउनुभयो ।

संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको जानकारी दिनुभयो । त्यसैगरी संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको बताउनुभयो ।

संस्थाले ललितपुर तथा भक्तपुर सेवा केन्द्रको पनि १३ गते शनिबारसम्म उद्घाटन गरी सेवा दिने तयारी गरेको छ ।

यो वर्ष ६६ करोडको कारोबार र ८ हजार सदस्यलाई सेवा प्रवाह गर्ने योजना संस्थाले बताएको छ । संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने जनाए ।

सेवाकेन्द्र संयोजक अनिता पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष गंगाराम महर्जनलगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय