रक्तदान र सदस्य सम्मान गर्दै रामकोट सहकारीले मनायो १३औं स्थापना दिवस
धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान तथा सदस्य सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।

रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा साघुँटार समाज सुधार समिति र विन्दुकेशर टोल विकास संस्थाको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ जना महिला र ४५ जना पुरुष गरी ६९ जनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

संस्थाले स्थापना दिवसको अवसरमा असल बचतकर्ता, असल ऋणी सदस्य र असल बचतकर्ता समूहलाई सम्मान गरेको थियो । सम्मानित हुने असल बचत कर्ता सदस्यहरुमा गुनलक्ष्मी श्रेष्ठ, धुना लम्साल, हिरादेवी कुमाल, ओमकुमारी पौडेल र कृष्णबहादुर श्रेष्ठ रहनु भएकोे छ ।
त्यस्तै सम्मानित हुनुहुने असल ऋणी सदस्यहरुमा रिना श्रेष्ठ, कल्पना बि.क. जानुका सुवेदी, निरज श्रेष्ठ र सुचना तामाङ रहनुभएको छ । त्यसैगरी सिमालिघारी कृषक समूह र कंकाली बचत समूहलाई असल बचतकर्ता समूह सम्मानबाट सम्मानित गरिएको थियो ।


रामकोट सहकारी सस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आथित्यता रहेको थियो । साथै कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष गुणराज थपलिया, नगरपालिकाका सल्लाहकार दीपक कोइराला, रामकोट सहकारीका पूर्वअध्यक्ष हेमराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समतिका सदस्य काजी श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।.

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
